सुदूरपश्चिमको तराई क्षेत्रलाई हिमालसँग जोड्ने महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडकखण्ड निर्माण झन् सुस्त बनेको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म यो सडकखण्डमा तीन सय मिटर मात्र नयाँ ट्र्याक खोलिएको छ । सरकारको राष्ट्रिय प्राथमिकतामा परेको त्रिदेशीय सीमा जोड्ने रणनीतिक सडक निर्माण सुस्त भएपछि स्थानीय चिन्तित छन् ।