बिपद्बाट क्षति पुगेका ४१ किसानलाई एक करोड ५७ लाख राहत

बागमती प्रदेश सरकारले प्राकृतिक र गैर प्राकृतिक विपदवाट प्रभावित ४१ किसानलाई एक करोड ५७ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले आर्थिक वर्ष ०७९÷८०...

सम्बन्धित सामग्री

विपत् प्रभावित किसानलाई राहत

विपत्बाट प्रभावित किसानलाई लक्षित गरी बागमती प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी वितरण गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषि क्षेत्रमा विपत्बाट क्षति पुगेका कृषि फार्म र कृषकलाई राहत स्वरूप चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड १९ लाख ७३ हजार ४४३ रुपियाँ वितरण गरेको हो । राहत कार्यव्रmमबाट चालु आवमा प्रदेशभरका ७६ जना किसान लाभान्वित भएका छन् ।

कर्णाली मन्त्रिपरिषद : विभिन्न शीर्षकमा सवा ६ करोड बाँड्ने निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न शीर्षकमा झण्डै सवा ६ करोड रूपैयाँ वितरण गर्ने निर्णय गरेको हो। त्यसमध्ये किसानलाई राहत स्वरूप ६ करोड रूपैयाँ वितरण गरिने कर्णाली सरकारले जनाएको छ।गत भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले  बाली, पशु चौपाया क्षति भएका किसानलाई राहत रकम उपलब्ध गराइने छ।बैठकले नेपाल बार एशोसिएसनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रूपैयाँ दिने

विपतबाट क्षति पुगेका ४१ कृषकलाई एक करोड ५७ लाख राहत

बागमती प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपतबाट प्रभावित ४१ किसानलाई एक करोड ५७ लाख रुपैयाँ राहत रकम

मागको चौथाइमात्रै रकम निकासा, किसानलाई ३६ प्रतिशतमात्रै राहत

नेपालगञ्ज – गएको असोज–कार्तिकको वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले क्षतिपूर्तिक पाउने भएका छन्। उनीहरुले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका हुन्। जिल्ला विपद व्यवस्थापन समिति बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको छ। बाँकेका ८ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार १६५ रुपैयाँ बराबरको […]

सरकारले बेमौसमी वर्षापीडित किसानलाई राहत दिन्छु भन्यो, दिएन

गत असोज ३१ र कात्तिक सुरुमा परेको बेमौसमी वर्षाले मुलुकभर १ लाख ११ हजार ६ सय ९ हेक्टर धानबालीमा क्षति पुर्‍यायो । उक्त क्षेत्रफलबाट करिब ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ (४ लाख २४ हजार १ सय १३ टन) धान बालीमा क्षति पुग्यो । कात्तिक ११ मा बसेको मन्त्रिपरिषद् बैठकले पीडित किसानलाई वर्गीकरण गरेर राहत दिने घोषणा गर्‍यो । वर्गीकरणका आधारमा राहत वितरण गर्दा करिब ५ अर्ब ५२ करोड खर्च सरकारी अनुमान थियो ।

सबै किसानले राहत पाउने, ५ अर्ब ५२ करोड राहतमा खर्चिने

काठमाडौं । वर्षाका कारण धानबालीमा भएको क्षति सम्बन्धमा सरकारले सबै प्रकारका पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार हालसम्मको तथ्यांक अनुसार अनुमानित १ लाख ११ हजार हेक्टर क्षेत्रफलको लागि राहत उपलब्ध गराउन लागेको हो । उक्त हेक्टर जमिनको राहतका लागि अनुमानित ५ अर्ब...

सबै किसानले राहत पाउने, ५ अर्ब ५२ करोड राहतमा खर्चिने

काठमाडौं । वर्षाका कारण धानबालीमा भएको क्षति सम्बन्धमा सरकारले सबै प्रकारका पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार हालसम्मको तथ्यांक अनुसार अनुमानित १ लाख ११ हजार हेक्टर क्षेत्रफलको लागि राहत उपलब्ध गराउन लागेको हो । उक्त हेक्टर जमिनको राहतका लागि अनुमानित ५ अर्ब...

बाढीले ३ लाख २५ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण सातवटै प्रदेशमा ३ लाख २५ हजार मेट्रिकटन धानबालीमा नोक्सान पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत क्षतिको विरण अनुसार सातवटै प्रदेशमा कुल ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको हो । यसअघि मन्त्रालयले प्रदेश नम्बर १, लुम्बिनी र सुदूर पश्चिमसहित तीनवटा प्रदेशको मात्रै प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो जसमा ७ अर्ब २२ करोड रूपैयाँ बराबरको २ लाख ५८ हजार मेट्रिकटनभन्दा बढी धानबाली क्षति भएको अनुमान गरिएको थियो । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरीसहितका तीन जिल्लामा ८० करोड रूपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन धानबाली नोक्सान भएको छ । बाढीले गर्दा यी तीन जिल्लाका ४९ हजार ९ सय ४५ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर पुगेको छ । त्यसमध्ये ७ हजार ४ सय ९२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण क्षति भएको छ । प्रदेश नम्बर दुईका सप्तरी, सिराहा र सर्लाही जिल्लामा ५६ करोड रूपैयाँ बराबरको २० हजार ३ सय ५० मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको छ । यहाँ ४८ हजार ६ सय ८४ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर गरेको र ५ हजार ३ सय ५५ हेक्टर जमिनमा पूर्ण क्षति गरेको छ । बागमती प्रदेशमा सबैभन्दा कम क्षति भएको छ । चितवन र नुवाकोट जिल्लामा कुल ७ हजार ५ सय हेक्टर जमिनमा लगाइएको धानबालीमा बाढीले असर गरेको छ । त्यसमध्ये ५ सय ३० हेक्टर जमिनको धानबाली पूर्ण क्षति भएको छ । यहाँ ५ करोड ८० लाख रूपैयाँ बराबरको २ हजार ६८ मेट्रिकटन धानको क्षति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशका बर्दिया, कपिलबस्तु, बाँके र रूपन्देही जिल्लामा सबैभन्दा बढी ४ अर्ब ५१ करोड रूपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानको क्षति भएको छ । यस प्रदेशमा बाढीले ९३ हजार ५ सय ७६ हेक्टर जमिनको धानबालीमा असर गरेको र ४२ हजार ४ सय २७ हेक्टर जमिनको धान पूर्ण रूपमा क्षति भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा १३ करोड रूपैयाँ बराबरको ४ हजार ५ सय ३० मेट्रिकटन, कर्णाली प्रदेशमा ३० करोड रूपैयाँ बराबरको ४० हजार २ सय १९ मेट्रिकटन र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड रूपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानबाली क्षति भएको भएको छ । गण्डकीमा स्याङ्जा र कास्की, कर्णालीमा डोल्पा, जुम्ला, सल्यान र सुर्खेत, सुदूरपश्चिममा कैलाली र कञ्चनपुर जिल्लामा बाढीले क्षति पुर्‍याएको छ । प्रदेशस्तरमा तथ्याङ्क सङ्कलनमा समन्वय र सहजीकरणका लागि मन्त्रालयले सातवटै प्रदेशमा १/१ वटा कार्यटोली गठन गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनका अनुसार क्षतिको मूल्याङ्कन र राहत उपलब्ध गराउनेबारेमा मङ्गलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवहरूको बैठक मन्त्रालयमा बस्दै छ । उक्त बैठकपश्चात पूर्ण क्षतिको विवरण यकिन हुने भएकाले पीडित किसानलाई राहत दिने सम्बन्धमा निर्णय हुने उनले बताए ।

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले गर्दा यी तीन प्रदेशमा सबैभन्दा बढी क्षति पुगेको छ । हालसम्म यी तीन प्रदेशबाट मात्रै क्षतिको प्रारम्भिक विवरण आएको छ । मन्त्रालयका अनुसार अन्य प्रदेशमा खासै ठूलो क्षति भएको छैन । ती प्रदेशबाट पनि सानोतिनो मात्रामा भएको क्षतिको विवरण मंगलवारसम्म संकलन भइसक्नेछ । मन्त्रालयको तथ्यांकअनुसार बाढीपहिरोका कारण सबैभन्दा बढी लुम्बिनी प्रदेश र सबैभन्दा कम प्रदेश १ मा नोक्सानी भएको छ । लुम्बिनी प्रदेशमा ४२ हजार ४ सय २७ हेक्टर जमीनमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानबाली क्षति भएको छ । सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर जमीनमा लगाइएको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानमा पूर्णरूपले क्षति पुगेको छ । त्यसैगरी प्रदेश नम्बर १ मा ७ हजार ४ सय ९२ हेक्टर जमीनमा लगाइएको ८० करोड रुपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन धानबाली क्षति भएको छ । लुम्बिनी प्रदेशमा बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहि, सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर, १ नम्बर प्रदेशमा झापा, मोरङ र सुनसरी जिल्लामा सबैैभन्दा बढी धानबाली क्षति भएको देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार मन्त्रालयले अहिले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक मात्रै हो । धेरै क्षति पुगेकासहित कम क्षति भएका अन्य जिल्लाको क्षतिको पूर्ण विवरण मंगलवार सार्वजनिक गरिनेछ । ‘क्षतिको यकिन तथ्यांक प्राप्त भइसकेपछि मात्रै पीडित किसानलाई केकस्तो राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने भन्नेबारेमा मन्त्रालयले निर्णय गर्नेछ,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

बाढीले धानबाली सखाप : लुम्बिनी प्रदेशमा साढे चार अर्ब रुपैयाँ भन्दा बढीको क्षति

लुम्बिनी प्रदेशमा कृषितर्फ चार अर्ब भन्दा बढीको क्षति भएको छ । केही दिनदेखि भएको अविरल वर्षाका कारण कृषिमा भएको क्षति बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको जानकारी अनुसार लुम्बिनीमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको हो । मन्त्रालयका अनुसार त्यहाँका किसानलाई ३२ करोड रुपैयाँ बराबरको राहत प्याकेज दिनुपर्ने हुन्छ ।लुम्बिनी प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा बाढीले क्षति पुर्याएको छ । काटिएको धान ३६ हजार ४८० हेक्टर क्षेत्रमा राखिएको छ, त्यसमध्ये ६५ प्रतिशत अर्थात २३ ह