बाढीले ३ लाख २५ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण सातवटै प्रदेशमा ३ लाख २५ हजार मेट्रिकटन धानबालीमा नोक्सान पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत क्षतिको विरण अनुसार सातवटै प्रदेशमा कुल ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको हो । यसअघि मन्त्रालयले प्रदेश नम्बर १, लुम्बिनी र सुदूर पश्चिमसहित तीनवटा प्रदेशको मात्रै प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो जसमा ७ अर्ब २२ करोड रूपैयाँ बराबरको २ लाख ५८ हजार मेट्रिकटनभन्दा बढी धानबाली क्षति भएको अनुमान गरिएको थियो । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरीसहितका तीन जिल्लामा ८० करोड रूपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन धानबाली नोक्सान भएको छ । बाढीले गर्दा यी तीन जिल्लाका ४९ हजार ९ सय ४५ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर पुगेको छ । त्यसमध्ये ७ हजार ४ सय ९२ हेक्टर जमिनमा लगाइएको धानबाली पूर्ण क्षति भएको छ । प्रदेश नम्बर दुईका सप्तरी, सिराहा र सर्लाही जिल्लामा ५६ करोड रूपैयाँ बराबरको २० हजार ३ सय ५० मेट्रिकटन धानबालीमा नोक्सानी पुगेको छ । यहाँ ४८ हजार ६ सय ८४ हेक्टर जमिनमा लगाइएको धानबालीमा असर गरेको र ५ हजार ३ सय ५५ हेक्टर जमिनमा पूर्ण क्षति गरेको छ । बागमती प्रदेशमा सबैभन्दा कम क्षति भएको छ । चितवन र नुवाकोट जिल्लामा कुल ७ हजार ५ सय हेक्टर जमिनमा लगाइएको धानबालीमा बाढीले असर गरेको छ । त्यसमध्ये ५ सय ३० हेक्टर जमिनको धानबाली पूर्ण क्षति भएको छ । यहाँ ५ करोड ८० लाख रूपैयाँ बराबरको २ हजार ६८ मेट्रिकटन धानको क्षति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशका बर्दिया, कपिलबस्तु, बाँके र रूपन्देही जिल्लामा सबैभन्दा बढी ४ अर्ब ५१ करोड रूपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानको क्षति भएको छ । यस प्रदेशमा बाढीले ९३ हजार ५ सय ७६ हेक्टर जमिनको धानबालीमा असर गरेको र ४२ हजार ४ सय २७ हेक्टर जमिनको धान पूर्ण रूपमा क्षति भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा १३ करोड रूपैयाँ बराबरको ४ हजार ५ सय ३० मेट्रिकटन, कर्णाली प्रदेशमा ३० करोड रूपैयाँ बराबरको ४० हजार २ सय १९ मेट्रिकटन र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड रूपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानबाली क्षति भएको भएको छ । गण्डकीमा स्याङ्जा र कास्की, कर्णालीमा डोल्पा, जुम्ला, सल्यान र सुर्खेत, सुदूरपश्चिममा कैलाली र कञ्चनपुर जिल्लामा बाढीले क्षति पुर्‍याएको छ । प्रदेशस्तरमा तथ्याङ्क सङ्कलनमा समन्वय र सहजीकरणका लागि मन्त्रालयले सातवटै प्रदेशमा १/१ वटा कार्यटोली गठन गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनका अनुसार क्षतिको मूल्याङ्कन र राहत उपलब्ध गराउनेबारेमा मङ्गलवार सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवहरूको बैठक मन्त्रालयमा बस्दै छ । उक्त बैठकपश्चात पूर्ण क्षतिको विवरण यकिन हुने भएकाले पीडित किसानलाई राहत दिने सम्बन्धमा निर्णय हुने उनले बताए ।

सम्बन्धित सामग्री

तान्जानियामा धानबाली जोगाउन लाखौँको सङ्ख्यामा क्वेलिया चरा मारियो

तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ । धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने चरा मारेको तान्जानियाको बोटबिरुवा र किटनाशक औषधि निगरानी निकायले जनाएको छ । तान्जानिया बोटबिरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण (टीपीएचपीए) ले गएको हप्ता झण्डै एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको जना...

किसानको मिहिनेत

तामाकोसी नदी–किनारको फाँटमा झुल्दै गरेको धानबाली । यी रामेछापको सदरमुकाम मन्थलीनजिकै  हात्तीटार र टारी भन्ने ठाउँमा रहेका फाँट हुन् । यस वर्ष करिब १३ लाख ९० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको...

प्रदेश २ मा घट्यो धान उत्पादन

धनुषा : प्रदेश २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ। गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो।प्रदेशमा चालु आर्थिक वर्षमा कुल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिए।गत आर्थिक वर्ष २०७७/७८ मा तीन लाख ४५ हजार ६०३ हेक्

गण्डकी प्रदेशमा ३ हजार मेट्रिक टन धानमा क्षति

गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ३ हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा १ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित ३ हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिइन् । कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला–जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरू र पालिकाहरूबाट संकलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा २ हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याइ...

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं, कार्तिक ७ । बेमौसमी वर्षातका  कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज […]

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले गर्दा यी तीन प्रदेशमा सबैभन्दा बढी क्षति पुगेको छ । हालसम्म यी तीन प्रदेशबाट मात्रै क्षतिको प्रारम्भिक विवरण आएको छ । मन्त्रालयका अनुसार अन्य प्रदेशमा खासै ठूलो क्षति भएको छैन । ती प्रदेशबाट पनि सानोतिनो मात्रामा भएको क्षतिको विवरण मंगलवारसम्म संकलन भइसक्नेछ । मन्त्रालयको तथ्यांकअनुसार बाढीपहिरोका कारण सबैभन्दा बढी लुम्बिनी प्रदेश र सबैभन्दा कम प्रदेश १ मा नोक्सानी भएको छ । लुम्बिनी प्रदेशमा ४२ हजार ४ सय २७ हेक्टर जमीनमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानबाली क्षति भएको छ । सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर जमीनमा लगाइएको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानमा पूर्णरूपले क्षति पुगेको छ । त्यसैगरी प्रदेश नम्बर १ मा ७ हजार ४ सय ९२ हेक्टर जमीनमा लगाइएको ८० करोड रुपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन धानबाली क्षति भएको छ । लुम्बिनी प्रदेशमा बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहि, सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर, १ नम्बर प्रदेशमा झापा, मोरङ र सुनसरी जिल्लामा सबैैभन्दा बढी धानबाली क्षति भएको देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार मन्त्रालयले अहिले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक मात्रै हो । धेरै क्षति पुगेकासहित कम क्षति भएका अन्य जिल्लाको क्षतिको पूर्ण विवरण मंगलवार सार्वजनिक गरिनेछ । ‘क्षतिको यकिन तथ्यांक प्राप्त भइसकेपछि मात्रै पीडित किसानलाई केकस्तो राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने भन्नेबारेमा मन्त्रालयले निर्णय गर्नेछ,’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

बेमाैसमी वर्षाले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दिएको जानकारी अनुसार सुदूरपश्चिम,लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरण अनुसार उक्त क्षति भएको हो ।यी तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र बर्षाले क्षति पु(याएको संजेलले