काठमाडौं। ११० प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार बनाउन ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टी २ सांसद छन्। अ बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा सहितको दलले आ आफ्नै नेतृत्वमा सरकार बनाउने जोड गरिरहेको बताइन्छ।