काठमाण्डाै – बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा मन्त्रालयकाे सङ्ख्या घटाउन लागेको बताउनुभएको छ ।
आज मङ्गलवार बिहान मुख्यमन्त्रीको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको सङ्ख्या घटाउन लागेको बताउनुभएको हो । उहाँले आजदेखि नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको सङ्ख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन ग...