मकैबाट राम्रो आम्दानी हुन थालेपछि झापाको झापा गाउँपालिकाका कृषकले हाइब्रिड मकैको व्यावसायिक खेती गर्दै आएका छन् । झापा गाउँपालिकाको १ देखि ६ नम्बर वडाका ८० प्रतिशत कृषकले व्यावसायिक मकै खेती गर्छन् । अन्य नगदेबाली तोरी, गहुँको तुलनामा मकैबाट दोब्बर नाफा हुने हुदाँ मकै खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हो ।