एमाले महाधिवेशनः पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने

काठमाडौं, असोज ४ । अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ । पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् । यसअघि […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं :  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई आज एमाले अध्यक्ष  केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।लामा सहित हुम्लाका निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत माओवादी  कार्यकर्ता एमालेमा प्रवेश गरेका छन।

एमाले केन्द्रीय सदस्य गुलाब जंगको वडामा माओवादी निर्वाचित

सल्यान : नेकपा एमालेका केन्द्रीय सदस्य गुलाब जंग शाहको वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-७ मा माओवादी निर्वाचित भएको हो।नेकपा माओवादी केन्द्रका जीवन सिंह ठकुरीको प्यानल नै विजयी भएको छ। एमालेको गडको रूपमा रहेको उक्त वडा चिनिन्छ। माओवादीका ठकुरीले ६६६ मत ल्याउँदा एमालेका प्रकाश बस्नेतले ५७१ मत ल्याए।यस्तै, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पनि आफ्नो वडा जिताउन सकेनन्।वडा  १ मा समाजवादीलाई पछि पार्दै नेपाली कांग्रेसले जित हात

काभ्रेमा एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।उनलाई काँग्रेस केन्द्रीय सदस्य लामा, काभ्रे काँग्रेसका जिल्ला सभापति तिर्थ लामालगायतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्  ।

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षमा गुरुङ

नेकपा एमाले कास्कीको कार्यवाहक अध्यक्षका रुपमा मनबहादुर गुरुङको पदस्थापन गरिएको छ । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङलाई केन्द्रीय सदस्य कृष्ण थापाले पदस्थापन गराएका हुन् ।कास्कीका निवर्तमान अध्यक्ष कृष्ण थापा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएपछि एमाले कास्कीको जिल्ला अध्यक्षको पद खाली थियो । थापाले गुरुङलाई कार्यवाहकको जिम्मेवारी सुम्पिँदै खादा लगाएर पदस्थापन गराएका हुन् ।गुरुङले कुनै गुनासो नआउने गरी पार्टीको काम सम्पादन गर्ने प्रत

बालकृष्ण ढुंगेल १६६६ मत ल्याई बने एमाले केन्द्रीय सदस्य

काठमाडौं, १४ मंसिर । नेकपा माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका बालकृष्ण ढुंगेल १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ढुंगेलले १६६६ मत ल्याएका छन् । ढुंगेल सशस्त्र द्वन्द्वका क्रममा एउटा हत्यामा आरोपी भई जेल समेत परेका थिए । ओखलढुंगाका ढुंगेलको एमाले प्रवेशलाई अर्थपूर्ण मानिएको थियो । एमालेभित्र पूर्वमाओवादी अनुमोदित भएकामा बादल, टोपबहादुर रायमाझी, लेखराज […]

ओलीको सूचीमा नपरेका पर्साका अरबिन्द सिंह बने केन्द्रीय सदस्य

१३ मंसिर, काठमाडौं । केपी शर्मा ओलीको सूचीमा नपरेका नेकपा एमाले पर्साका युवा नेता अरबिन्द सिंह निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खुला तर्फ प्रदेश २ बाट सिंह निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अरबिन्द सिंह १० बुँदे पक्षधरका युवा नेता हुन् । चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा ओलीले प्रस्तावित गरेको […]

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका […] The post एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कञ्चनपुरका यी ६ नेता एमाले केन्द्रीय सदस्य निर्वाचित

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरका ६ नेता केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ नरबहादुर धामी, महिलातर्फ निरुदेवी पाल, कमला बोहरा र इन्दु कडरिया थारु खुलातर्फ कृपाराम राना तथा सुदूरपश्चिम भूगोलतर्फ राजेन्द्रसिंह रावल केन्द्रीय सदस्य बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा यी ६ नेता परेका छन् । ओलीको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले अनुमोदन गरेको जनाइएको छ ।

माओवादी केन्द्रका दुई प्रदेश सांसद एमाले केन्द्रीय सदस्य मनोनित

सुुर्खेत : कर्णाली प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई सदस्य केपी ओलीको नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य मनोनित भएका छन्।माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी र ठम्मर विष्ट एमालेको केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्। ठम्मर विष्ट केन्द्रीय सदस्य मात्र भएका छन् भने धर्मराज रेग्मी केन्द्रीय सदस्यसहित कर्णाली प्रदेश समिति सदस्य पनि भएका छन्।शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवसहित केन्द्रीय सदस्य र विष्टलाई केन्द्रीय सदस्