कञ्चनपुरका यी ६ नेता एमाले केन्द्रीय सदस्य निर्वाचित

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरका ६ नेता केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ नरबहादुर धामी, महिलातर्फ निरुदेवी पाल, कमला बोहरा र इन्दु कडरिया थारु खुलातर्फ कृपाराम राना तथा सुदूरपश्चिम भूगोलतर्फ राजेन्द्रसिंह रावल केन्द्रीय सदस्य बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा यी ६ नेता परेका छन् । ओलीको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले अनुमोदन गरेको जनाइएको छ ।

सम्बन्धित सामग्री

जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि महिलाको सवालमा हामी एकमत हुन्छौंः जुली

काठमाडौं, १० मंसिर । धनुषा ३ की नवनिर्वाचित सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य जुलीकुमारी महतोले संसदमा महिला प्रतिनिधित्व घट्न दिन नहुने औंल्याएकी छन् । जुनसुकै दलबाट जिते पनि महिलाको सवालमा एकमत हुने पनि उनले बताइन् । ‘जनसंख्याका हिसाबले महिला ५२ प्रतिशत छन् । संवैधानिक व्यवस्था अनुसार पनि संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन्छ नै […]

घनश्यामलाई पन्छाउँदै संसद पुगे छविलाल

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना पूर्वसहकर्मी घनश्याम भुसाललाई हराउँदै एमाले केन्द्रीय सदस्य छविलाल विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित भएका छन् ।  लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका विश्वकर्माले भुसाललाई पराजित गरे । विश्वकर्माले २४...

एमाले केन्द्रीय सदस्य गुलाब जंगको वडामा माओवादी निर्वाचित

सल्यान : नेकपा एमालेका केन्द्रीय सदस्य गुलाब जंग शाहको वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-७ मा माओवादी निर्वाचित भएको हो।नेकपा माओवादी केन्द्रका जीवन सिंह ठकुरीको प्यानल नै विजयी भएको छ। एमालेको गडको रूपमा रहेको उक्त वडा चिनिन्छ। माओवादीका ठकुरीले ६६६ मत ल्याउँदा एमालेका प्रकाश बस्नेतले ५७१ मत ल्याए।यस्तै, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पनि आफ्नो वडा जिताउन सकेनन्।वडा  १ मा समाजवादीलाई पछि पार्दै नेपाली कांग्रेसले जित हात

एमालेले तय गर्यो भरतपुर महानगरमा मेयरको उम्मेदवार

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हु

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाललगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् । दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् । एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिइन् । उपाध्यक्ष देवविक्रम राईले कार्यव

बालकृष्ण ढुंगेल १६६६ मत ल्याई बने एमाले केन्द्रीय सदस्य

काठमाडौं, १४ मंसिर । नेकपा माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका बालकृष्ण ढुंगेल १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ढुंगेलले १६६६ मत ल्याएका छन् । ढुंगेल सशस्त्र द्वन्द्वका क्रममा एउटा हत्यामा आरोपी भई जेल समेत परेका थिए । ओखलढुंगाका ढुंगेलको एमाले प्रवेशलाई अर्थपूर्ण मानिएको थियो । एमालेभित्र पूर्वमाओवादी अनुमोदित भएकामा बादल, टोपबहादुर रायमाझी, लेखराज […]

कोमल वलीदेखि नवीना लामासम्म एमाले केन्द्रीय सदस्य प्रस्तावित

दशौं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यको सूचीमा कोमल वलीदेखि नवीना लामासम्म परेका छन् । आइतवार मध्यरात शुरू भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् । विद्या भट्टराई, शर्मिला कार्की सरिता न्यौपाने, कमला बोहरा लगायत छन् । कार्की गैर सरकारी संस्था महासंघकी पूर्व अध्यक्ष हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा

प्रभु साह निकट दुई पूर्व माओवादी प्रदेश सांसद एमाले केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा (एमाले)ले असन्तुष्ट नेता प्रभु साहलाई मनाउन उनीनिकट दुई जनालाई केन्द्रीय सदस्य नियुक्त गरेको छ। दुई दिन चलेर आज सकिएको एमाले स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई नियुक्त गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। रौतहटका कुसवाह प्रत्यक्ष निर्वाचित प्रदेश सांसद र बाराका समीर समानुपातिक प्रदेश सांसद थिए । तर, […]

माओवादी केन्द्रका दुई प्रदेश सांसद एमाले केन्द्रीय सदस्य मनोनित

सुुर्खेत : कर्णाली प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई सदस्य केपी ओलीको नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य मनोनित भएका छन्।माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी र ठम्मर विष्ट एमालेको केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्। ठम्मर विष्ट केन्द्रीय सदस्य मात्र भएका छन् भने धर्मराज रेग्मी केन्द्रीय सदस्यसहित कर्णाली प्रदेश समिति सदस्य पनि भएका छन्।शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवसहित केन्द्रीय सदस्य र विष्टलाई केन्द्रीय सदस्