चुनाव जितेर पनि लुक्न बाध्य रेशमलाल चौधरीको वास्तविकता
नेपाली सञ्चार माध्यममा अहिले कलाकार रेशमलाल चौधरी अत्याधिक चर्चामा छन् । भूमिगत अवस्थामा रहदै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव अत्याधिक मतले जितेकाले...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किंदै गएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच नै कुटाकुट भएको हो । रेशमलाल र रञ्जिता श्रीमान्–श्रीमती हुन् । काठमाडौंको अनामनगर केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठक बस्नुअघि […]
The post नाउपामा झनझन चर्किंदै विवाद: आफ्नै पार्टी कार्यालयमा कुटिए नेताहरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नागरिक उन्मक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी र सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठ नातामा पतिपत्नी रहे पनि नयाँ सत्ता गठबन्धनका कारण दूरी पैदा भएको छ । सत्ता गठबन्धनमा भएको परिवर्तनसंगै पुरानो गठबन्धनमा पनि रहेको पार्टी अध्यक्ष रञ्जिताले नयाँ गठबन्धनलाई समर्थन गरेपछि रेशम र उहाँबीच मतभेद देखिएको हो । केन्द्रमा सरकारलाई …
निर्वाचन आयोगले सर्वाेच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ । नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साविककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा …
धनगढी : रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।आज (बुधबार) सो पार्टीले प्रदेश सरकारमा सहभागी हुने र दलबाट मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिएका छन्। उनका अनुसार यही साता नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ।यता उनकै पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निर्णय हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए। &#
नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी विरुद्ध उजुरी परेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशमलाल र कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी परेको हो ।रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको बताइएको छ । त्यस्तै, लक्ष्मण चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधि
काठमाडौं। टिकापुर घटनाका आरोपितहरुलाई संविधान र कानूनबमोजिम मुद्धा फिर्ता र रिहाईको पहल सरकारले गर्ने भएको छ। सरकार र थारु कल्याणकारी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिबीच यस्तो सहमति भएको हो। ‘टिकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमा लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानूनसम्बत पहल गर्ने’सहमतिमा उल्लेख छ।
राजपा नेपालका नेता रेशमलाल चौधरी सांसद बन्नबाट बञ्चित हुने भएका छन् । उनी कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । टिकापुर घटनामा सम्लग्न भएको आरोपमा चौधरी प्रहरीले ‘मोस्ट वान्टेट’ सूचीको खोजीमा छन् । उनी हाल फरार छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)का रेशमलाल चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । एमालेकी मदनकुमारी (गरिमा) शाहलाई मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।