निलम्बित सांसद रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएको सो पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।घोषणापत्रमा ‘टीकापुर थारू विद्रोह’ का कारण नागरिक उन्मुक्ति पार्टीको जन्म भएको उल्लेख छ । त्यस्तै, नेपाली नीति, नेपाली परिवेशको समाजवाद, सामाजिक विकास संरचनाको सिद्धान्तलाई अवलम्बन गरेको बताइएको छ ।हाल नागरिक उन्मुक्ति पार्टी साइवेरियाली पन्छीहरूका झुण्ड जस्तै रहेको