धनगढी : रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।आज (बुधबार) सो पार्टीले प्रदेश सरकारमा सहभागी हुने र दलबाट मन्त्री पठाउने निर्णय गरेको रेशमलाल चौधरीले जानकारी दिएका छन्। उनका अनुसार यही साता नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ।यता उनकै पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले भने केही दिनमा निर्णय हुने बताउँदै सरकारमा सहभागी हुने विषयमा पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए।