राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. विश्वनाथ पौडेलले गृहजिल्ला चितवनको वडास्तरम कार्यान्वयन भइरहेको आयोजना संघमा सारेका छन् । चितवनको खैरहनी नगरपालिका वडा नं. १ र २ मा कार्यान्वयन भइरहेको ‘सुन्दर खानेपानी आयोजना’लाई पौडेल नेतृत्वको आयोग बैठकले संघीय मन्त्रालयअन्तर्गत सञ्चालन हुनेगरी कार्यक्रममा समावेश गर्न सहमति दिएको हो ।फागुन ११ गते बसेको आयोग बैठकमार्फत पौडेलले सो आयोजनालाई संघबाटै अघि बढाउने निर्णय गराएका हुन् । खानेपानी मन्त्रालयमार्फत प्रस्ताव गराएर पौडेलले वडास्तरको आयोजना संघी