पर्वत : संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्न सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष, सदस्य र सदस्यसचिवहरू पोखरामा भेला भएका छन्। लुम्बिनीमा भएको सातै प्रदेशका योजना आयोगका अनुभव आदानप्रदान कार्यक्रम र बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार पार्ने जिम्मा गण्डकी प्रदेशको भागमा परे अनुसार पोखरामा कार्यक्रम गरिएको गण्डकीका उपाध्यक्ष डा.रघुराज काफ्लेले बताए।आइतबारदेखि सुरु भएको भेला सोमबार सम्पन्न हुँदैछ। कार्यक्रममा प्रद