दशैंको छेको पारेर असोज ७ बाट नेपाल र भारत एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नयाँ गीत ‘मायाको गाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द छ ।गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको प्रेम समेटिएको छ । गीत निर्माण टिमले हिन्दी भर्सनमा पनि रिलिज गरेको छ । ‘मायाको गाउँ’ गीतकै दृश्य समेटिएको हिन्दी भर्सनको ‘कोइ न कोइ नाता हैं’ बोल राखिए