बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा अडिएको थियो । नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.४९ अंकले बढेर ५१६.५६ विन्दुमा पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, फाइनान्स, जीवन÷निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् भने,