लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ समेत आज ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । दोहोरो अंकले नेप्से बढेको बजारमा आज कारोबार रकम भने १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ । यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । आज सबैभन्दा बढी अ