राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन् । नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ । आयोग र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सहकार्यमा बुधबार आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रियामा आयुक्त रत्नप्रसाद (दीपक) मैनालीले पछिल्लो दुई वर्षमा १२ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिँदै सूचनाको हकलाई देशैभर नागरिक तहसम्म पु¥याउन पत्रकार महासंघसँग समन्वय भइरहेको बताए । नेपाल पत्रकार महासंघका म