अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समिति पाल्पाका तत्कालीन कार्यालय प्रमुख र अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन कार्यालय प्रमुख तारा बहादुर थापा र अध्यक्ष करुणा काफ्लेले फर्जी कागजात बनाएर भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारका अनुसार उनीहरुले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा फर्जी कागजात तयार गरी रकम भुक्तानी दिई जिल्लाको रामपुर बहुउद्देश्यीय कभर्डहलमा भ्रष्टाचार गरेका हुन् । उनीहरुलाई ९ लाख ९० हजार बिगोसहित कै