कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । यहाँ कार्यालय प्रमुख नहुँदा विभिन्न योजना अलपत्र छन् । प्रदेश सरकारअन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँचीमा खानेपानीको योजना सञ्चालन गर्दै आएकामा गत साउनदेखि नै सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि कार्यालयमा प्रमुख नहुँदा आम ना...