‘सवारी साधनको जाँचपास लेनदेनका आधारमा’

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँच पासमा कडाइ गर्नुपर्ने बताएकी छन् । बिहीवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँच पासमा लापरबाही हुने गरेकाले दुर्घटना बढेको भन्दै आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको आरोप लगाइन् ।उनले बिग्रिएका सवारी साधन गुडाउँदा अधिकांश दुर्घटना हुने गरेको पनि बताइन् । जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले कडाइ गर्नुपर्नेमा जोड दिँदै उनले सार्वजनिक सवारी साधनहरुले यात्रुलाई

सम्बन्धित सामग्री

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगञ्‍ज- आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् ।  बजारमा सवारी साधनको माग घटेको र बैंकहरूले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलग्दा आइसी...

सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्छः जयन्तीदेवी राई

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने बताएकी छन्। बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँचपासमा लापरबाही हुने गरेका कारण सवारी साधनको दुर्घटना बढेको बताइन्। उनले आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको र बिग्रिएका सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको बताइन्। जाँचपास […]

वीरगञ्ज भन्सार हातामा थन्किए साढे १३ सय गाडी,  सबैभन्दा बढी ट्रकका चेसिस

जेठ १९, वीरगञ्ज । विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सरकारले आयातमा कडाइको नीति लिएपछि मुख्य नाका वीरगञ्जमा भित्रिइसकेका गाडीसमेत जाँचपास भएका छैनन् । सरकारले एकातिर मूल्य सीमा तोकेर आयात रोकेको छ भने सवारीसाधनमा कर्जा लगानीमा समेत कडाइ गरिएको छ । बैंकहरूले कर्जा लगानी नगर्दा भन्सारमा भित्रिइसकेका गाडीसमेत आयातकर्ताले छुटाएका छैनन् । राजस्व तिर्ने पैसा नभएकाले गाडी नछुटेका हुन् ।  वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सोमवारसम्ममा भन्सार हातामा थन्किएका सवारीसाधनको संख्या १ हजार ३ सय ५७ पुगेको छ । भन्सार परिसरमा सबैभन्दा बढी ट्रकका चेसिस छन् । १ हजार ८ ओटा ट्रकका चेसिस जाँचपास हुन बाँकी रहेको पौडेलले जानकारी दिए । यस्ता साधनको सबैभन्दा ठूलो आयातकर्ता सिप्रदी ट्रेडिङ हो । भन्सारमा २८५ ओटा कार, ७ ओटा बस, ७ ओटा जीप र २७ ओटा टेम्पो पनि रोकिएका छन् । बैंकले कर्जा नदिएकाले भन्सारमा आइसकेको सवारीसाधनसमेत जाँचपास गराउन नसकिएको आयातकर्ताले बताउने गरेका छन् । वीरगञ्ज भन्सारमा २५ ओटा ट्र्याक्टर पनि थन्किएका छन् । किसानले प्रयोग गर्ने ट्र्याक्टरको समेत माग घटेको आयातकर्ताले बताए । यति बेला ट्र्याक्टरको विक्री १० प्रतिशतमा झरिसकेको व्यवसायी सन्दीप मेहताले बताए । वीरगञ्ज भन्सारमा अड्किएजति नै संख्यामा सीमावर्ती भारतीय रक्सौलमा गाडी रोकिएको आयातकर्ता बताउँछन् । वीरगञ्ज भन्सारमा भित्र्याएपछि पार्किङ शुल्क बढी लाग्ने भएकाले आयातकर्ताले रक्सौलमा जग्गा भाडामा लिएर सवारीसाधन उतै राख्ने गरेका छन् । तर, भारतमा वस्तु तथा सेवा कर (जीएसटी) फिर्ताको समयसीमा ९० दिन भएकाले उक्त समयभित्रै नेपाल प्रवेश गराउनुपर्ने बाध्यता आयातकर्तालाई छ ।

बैंकले ऋण नदिँदा वीरगन्ज नाकामा थुप्रिए सवारी साधन, गुम्यो राजश्व

वाणिज्य बैंकहरुले निजी सवारीसाधनमा ऋण लगानी बन्द गरेपछि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा नयाँ सवारी साधन थन्किएका छन् । चौकीमा बिहीबारसम्म करिब ८ सयको संख्यामा जिप, कार, भ्यान, बस, ट्रक र टिपरका चेसिस थन्किएका हुन् ।  आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीका अनुसार दुई सातायता यो नाका भई भित्रिने नयाँ सवारी साधनको जाँचपास करिब बन्द छ ।

तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय राखेर दिइयो तत्काल पाँच किसिमका सेवा

स्थापित कार्यालयलाई बिलबुक नवीकरण, सवारी साधनको कर लिने, प्रमिट वितरण गर्ने, सवारी जाँचपास र पटके सेवा गरी पाँच किसिमका अधिकार तत्कालै दिइएको लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले बताए ।

‘सेटिङ’मा सवारीको दर्ता नै नगर्ने गरेको खुलासा

सरकारले मालवस्तुको ढुवानीमा राजस्व चुवाहट रोक्न मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’मा सवारीको दर्ता नै नगर्ने गरेको पाइएको छ। विराटनगर भन्सार कार्यालयबाट न्यून मूल्याङ्कनमा जाँचपास भइसकेको दुई ट्याक्टर सामान भन्सार छली गरेको आशङ्का गर्दै राजस्वले नियन्त्रणमा लिएपछि उक्त सवारी साधन र सामान भीसीटीएसमा प्रविष्ट गरेको नभेटिएको हो। राजस्व अनुसन्धान विभागले भीसीटीएसको अनुगमन र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ। एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार ग...

मोटरसाइकल र स्कुटरको ट्याक्स बढ्यो, कुन मोटरसाइकल धनीले कति तिर्नुपर्छ ?

चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको ट्याक्स बढाएको हो । मन्त्रालयका अनुसार यस्तो ट्याक्स मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले बढाइएको छ । कु

निषेधाज्ञा अवधिभर सवारी साधनको करमा जरिवाना नलाग्ने

काठमाडौं, असार २२ । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा अवधिभर सवारी साधनको करमा थप जरिवाना नलाग्ने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता, सवारी चालक अनुमती पत्र तथा जाँचपास लगायत यातायात कार्यालयबाट दर्ता तथा नवीकरण गरिने कागजातको अवधि समाप्त भएपनि थप जरिवाना नलगाउने निर्णय गरिएको हो । निजी […]