सरकारले मालवस्तुको ढुवानीमा राजस्व चुवाहट रोक्न मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’मा सवारीको दर्ता नै नगर्ने गरेको पाइएको छ। विराटनगर भन्सार कार्यालयबाट न्यून मूल्याङ्कनमा जाँचपास भइसकेको दुई ट्याक्टर सामान भन्सार छली गरेको आशङ्का गर्दै राजस्वले नियन्त्रणमा लिएपछि उक्त सवारी साधन र सामान भीसीटीएसमा प्रविष्ट गरेको नभेटिएको हो।
राजस्व अनुसन्धान विभागले भीसीटीएसको अनुगमन र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ। एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार ग...