वीरगञ्ज भन्सार हातामा थन्किए साढे १३ सय गाडी,  सबैभन्दा बढी ट्रकका चेसिस

जेठ १९, वीरगञ्ज । विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सरकारले आयातमा कडाइको नीति लिएपछि मुख्य नाका वीरगञ्जमा भित्रिइसकेका गाडीसमेत जाँचपास भएका छैनन् । सरकारले एकातिर मूल्य सीमा तोकेर आयात रोकेको छ भने सवारीसाधनमा कर्जा लगानीमा समेत कडाइ गरिएको छ । बैंकहरूले कर्जा लगानी नगर्दा भन्सारमा भित्रिइसकेका गाडीसमेत आयातकर्ताले छुटाएका छैनन् । राजस्व तिर्ने पैसा नभएकाले गाडी नछुटेका हुन् ।  वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सोमवारसम्ममा भन्सार हातामा थन्किएका सवारीसाधनको संख्या १ हजार ३ सय ५७ पुगेको छ । भन्सार परिसरमा सबैभन्दा बढी ट्रकका चेसिस छन् । १ हजार ८ ओटा ट्रकका चेसिस जाँचपास हुन बाँकी रहेको पौडेलले जानकारी दिए । यस्ता साधनको सबैभन्दा ठूलो आयातकर्ता सिप्रदी ट्रेडिङ हो । भन्सारमा २८५ ओटा कार, ७ ओटा बस, ७ ओटा जीप र २७ ओटा टेम्पो पनि रोकिएका छन् । बैंकले कर्जा नदिएकाले भन्सारमा आइसकेको सवारीसाधनसमेत जाँचपास गराउन नसकिएको आयातकर्ताले बताउने गरेका छन् । वीरगञ्ज भन्सारमा २५ ओटा ट्र्याक्टर पनि थन्किएका छन् । किसानले प्रयोग गर्ने ट्र्याक्टरको समेत माग घटेको आयातकर्ताले बताए । यति बेला ट्र्याक्टरको विक्री १० प्रतिशतमा झरिसकेको व्यवसायी सन्दीप मेहताले बताए । वीरगञ्ज भन्सारमा अड्किएजति नै संख्यामा सीमावर्ती भारतीय रक्सौलमा गाडी रोकिएको आयातकर्ता बताउँछन् । वीरगञ्ज भन्सारमा भित्र्याएपछि पार्किङ शुल्क बढी लाग्ने भएकाले आयातकर्ताले रक्सौलमा जग्गा भाडामा लिएर सवारीसाधन उतै राख्ने गरेका छन् । तर, भारतमा वस्तु तथा सेवा कर (जीएसटी) फिर्ताको समयसीमा ९० दिन भएकाले उक्त समयभित्रै नेपाल प्रवेश गराउनुपर्ने बाध्यता आयातकर्तालाई छ । 

सम्बन्धित सामग्री

भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी

१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ । भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो । वीरगञ्ज भन्सार एजेन्ट संघले मंगलबार निमित्त प्रमुख भंसार […]

वीरगञ्ज भन्सार भदौमा पनि राजश्व लक्ष्य पूरा गर्न असफल, आयात निर्यात दुवै घट्यो

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा पनि लक्ष्यभन्दा कम राजश्व संलकन गरेको छ । भन्सारले भदौमा भन्सार विभागबाट पाएको राजश्व लक्ष्य भन्दा २७ प्रतिशत कम राजश्व संकलन गरेको हो । भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ […]

वीरगञ्ज भन्सार नाकाबाट मात्र एक खर्ब ७७ अर्बको इन्धन आयात

वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो । आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ …

वीरगञ्ज नाकाबाट भित्र्याइन्छ भन्सार छलेर करोडौँको सामान

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट  विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको छ। पर्सा प्रहरीले दुई करोडभन्दा बढीको राजश्व छलेर भित्र्याइएको औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले ती ट्रकहरुमा बिल […]

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धन आयातमा वृद्धि

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।आव २०७७÷७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको

वीरगञ्ज भन्सार नाकाबाटै भित्रिन्छ राजश्व छलेर करोडौँको सामान

वीरगञ्ज– मुलुककै मुख्य आर्थिक नाका पर्साको वीरगञ्ज भन्सार नाकाबाटै तस्करीको सामानहरु नेपालमा भित्रिने गरेको पाइएको छ। तस्करहरुले अन्य नाकाबाट तस्करी गर्दै आएको भए पनि पछिल्लो समय वीरगञ्जको मुख्य नाकाबाटै राजश्व छलेर सामान तस्करी भएको पाइएको छ। व्यापारीहरुले सामानको कम मूल्यांकन देखाइ हार्डवेयर तथा खुद्रा मालवस्तुहरु, चकलेट, मेडिकल सामाग्रीलगायतका सामानहरु धमाधम मुख्य नाकाबाटै आयात गर्दै आएको […]

वीरगञ्ज भन्सार नाका : ५ महिनामा २ खर्बको सामान आयात, ४७ अर्बको निर्यात

वीरगञ्ज – मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २ खर्बभन्दा बढीको सामान आयात भएको छ। छिमेकी मुलुक भारतबाट यस अवधिमा सबैभन्दा बढी सामान नेपालमा आयात भएको हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि मंसिर पाँच महिनाको अवधिमा २ खर्ब ३ अर्ब ७० करोड ४८ लाख ५४ हजार रुपैयाँ […]

वीरगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको लागि निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा साउनदेखि कात्तिकसम्मका लागि भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ […]

वीरगञ्ज भन्सार कार्यालयबाट लक्ष्य भन्दा १८ प्रतिशत राजश्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षमा ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । यो वर्ष एक खर्ब ९८ करोड १८ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा २० दशमलव ५ प्रतिशत पूरा भएको हो । संकलित राजस्व लक्ष्य भन्दा १८ प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, […]

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।          भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।