काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत फर्किने तयारी गरेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा अन्ततः बुधबार अदालत गएनन्। उनी दिउँसो ३ बजे अदालत जाने भनिए पनि अन्तिममा निस्कन सकेनन्। उनी आउने सूचना पाएसँगै धर्ना दिन अदालत परिसरमा भेला भएका कानुन व्यवसायी पनि अहिले फर्किएका छन्। अपरान्ह ४ बजेपछि कार्यालय समय सकिएकाले कर्मचारीहरू पनि निस्किएका छन्। शुक्रबार विहान १० बजेसम्मका लागि धर्ना स्थगित गरिएको नेपाल