सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् । पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन […]