काठमाडौं : आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना छ।पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनकाअनुसार सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना छ। वर्षा र हिमपात सँगै भोलिदेखि ताप