काठमाण्डाै – सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगमा सामान्य वर्षा र हिमपात सुरु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण ती क्षेत्रमा मौसम बदलीसँगै सामान्य वर्षा र हिमपात सुरु भएको हो ।
आज बुधवार बिहान नेपाल प्रवेश गरेको पश्चिमी वायुको कारण सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा आज र भोलि बिहीवार बर्षा तथा हिमपात गराउने सम्भावना रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । अहिले तराईको हुस्सु हटेको छ । भोलि बिहानीपख फेरि हुस्सु लाग्ने उप्रेतीले बताउनुभ...