नेपालमा डढेलोको जोखिम सामान्यतया फागुनको मध्यदेखि सुरु हुन्छ । तर यस वर्ष गएको पुषको मध्यदेखि अहिलेसम्म देशभरमा तीन सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागिसकेको छ । रामेछाप लगायतका कतिपय ठाउँमा ठूलो क्षेत्रको जङ्गल जलेर नष्ट भएको छ ।
यसपालिको हिउँमा वर्षा र हिमपात निकै कम भएको छ । पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि मध्य र पूर्वी क्षेत्रमा हिउँदे वर्षा भएकै छैन । यसपालि हिउँदमा पछिल्लो ३० वर्ष यताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । हिउँदयामको बाँकी समयमा पनि औसतमा कम पानी पर्ने सम्भावना रहेक...