काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ।महाशाखाकाअनुसार प्रदेश नम्बर एकको मौसम सफा छ भने प्रदेश नम्बर दुई को पश्चिमी भेगको मौसम पूर्ण बदली भई वर्षा भएको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केहि स्थानमा पनि गएरातिदेखि नै पानी परिरहेक