विराटनगर : मोरङ कानेपोखरीकी सृजना राईको दैनिकी पोलेको हरियो मकै बेचेरै बित्ने गर्छ। एकाबिहानै व्यापारका लागि सडक किनारमा आइपुग्छिन् उनी।उनी हरियो मकै पोलेर ग्राहकको भोक मेटाउनेसँगै दैनिक एक हजारसम्म कमाउने गर्छिन्।कोशी राजमार्गअन्तर्गत पथरी–कानेपोखरी सडकखण्डको दायाँबायाँ निगुरो, हरियो मकै र केरा बेच्ने सृजनाजस्ता धेरैको घर खर्च सडक व्यापारबाटै चल्ने गरेको छ।दुई वर्षदेखि पोलेको हरियो मकै बेचेर परिवार पालिरहेकी सृजना पैसा कमाउन विदेश नै जानु नपर्ने बताउँछि