साना व्यवसायीलाई लखेटेर त्यही बाटोमा खुलेआम पार्किङ

काठमाडौं, साउन १५ । फुटपाथमा सानो व्यवसाय राखेर जीवन गुजारा चलाइरहेका साना व्यवसायीलाई फुटपाथबाट लखेटेको काठमाडौं महानगरले त्यही बाटोमा खुलेआम पार्किङ गर्न दिएर कमाउन दिइरहेको छ । राजधानीका सडक साँघुरो भएपछि बढाइएको महानगर क्षेत्रका अधिकांश ठूला सडक पार्किङ स्थलमा परिणत भएका छन् । मेयर बालेन्द्र साहले नयाँ बानेश्वर क्षेत्रमा पुगेर फुटपाथमा पसल राख्न प्रतिबन्ध लगाए […]

सम्बन्धित सामग्री

दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको रेलवेमा कार्गाे आएन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झन्डा देखाएपछि जेठ १८ मा कार्गाे लिएर आएको रेल फेरि एकीकृत जाँच चौकी (आईसीपी) मा देखापरेको छैन ।  नेपालका रेलवे अधिकारी सबै तयारी छ भनेर दाबी गर्छन् भने उद्योगीले आईसीपीमा कार्गाे ल्याउन पूर्वाधार नभएको दाबी गर्दै आएका छन् । यसले गर्दा तयारी पूरा भयो भनेर उद्घाटन गरिएको आईसीपीमा रेलमार्गबाट कार्गाे आउन सकेको छैन ।  पुरानै रुटमा रहेको जोगवनी रेलवे स्टेशनमा कार्गाे रेलमार्फत आएको नुन र फलामको स्त्र्mयाप वर्षाको पानीले भिजेको छ । व्यवस्थित भण्डारण स्थल नपाएर खुला चौरमा अनलोड गरिएको सामान भिजेको हो । त्यसैगरी मोरङको प्रिमियर स्टील र सुनसरीको स्वस्तिक रोलिङ मिलले आयात गरेको स्पन्ज आइरन पनि भिजेको छ । पानीको सम्पर्कमा आएपछि स्पन्ज आइरन काम नलाग्ने हुन्छ । स्वस्तिक रोलिङ मिलका सञ्चालक रमेश राठी पानी र स्पन्ज आइरन एकअर्काको शत्रु जस्तै रहेकाले पानीबाट जोगाउनुपर्ने बताउँछन् । स्पन्ज आइरनमा पानी पर्दा आगो लाग्ने खतरा पनि रहने उनले बताए । ‘तर, संयोग यसपटक त्यस्तो भएन । के कति क्षति भयो, त्यो विवरण आउन केही समय लाग्छ,’ उनले भने । लगातार ३ दिन ६ र्‍याक सामान आएपछि व्यवस्थापन गर्न समस्या भएको व्यवसायीले बताए ।  चार र्‍याकमा साल्ट ट्रेडिङको नुन र दुई र्‍याकमा प्रिमियर र स्वस्तिकको स्पन्ज आइरन थियो । अरू २ र्‍याकमा आएको कमला स्टीलको फलामे तारसमेत यार्डमा अनलोड गरिएको थियो । राठीका अनुसार सामान अनलोड भएर यार्डमा राखेपछि ढुवानी गर्न नपाउँदै पानी परेपछि जोगवनी यार्डमा एक फिटसम्म पानी जमेर सामान भिजेका हुन् । यार्डमा पानीको सहज निकास छैन । रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनीयर रोशन देवले आईसीपीमा कार्गाे आउन कुनै समस्या नरहेको बताए । उनले भने, ‘हामी सबै तयार बसेका छौं तर व्यवसायीले कार्गाे मगाउनुभएन, कार्गाे ल्याउने काम व्यवसायीको हो ।’ कार्गो रेल आए पहिलो दिन जस्तै सबै प्राविधिक व्यवस्था आईसीपी स्टेशनमा रहेको उनले बताए । उद्घाटन भइसकेको रेलवे यार्डमा समान नल्याएर पुरानै जोगवनीको यार्डबाट ल्याउँदा उद्योगी व्यवसायीले नयाँ आईसीपी यार्डलाई विश्वास नगरेको देखिएको छ । देवले रेलवे यार्डमा कार्गो ल्याउन उद्योगी र व्यवसायीलाई आग्रह गरे ।  उनका अनुसार आईसीपीमा कार्गो ह्यान्डलिङको काम नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्छ । रेल अपरेशन विभागले र जाँचपास भन्सार कार्यालयले गर्छ । नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले रेलवे यार्डबाट आयातनिर्यात शुरू गर्न ५५ करोडको लगानीमा संरचना निर्माण गरिरहेको जानकारी दिए । उनले इन्टरमोडलले यार्डमा प्लेटफर्म बनाउने, यार्डदेखि आईसीपीसम्मको सडक चौडा गर्ने र कन्टेनर पार्किङ यार्ड निर्माण गर्ने लगायत काम गरिरहेको बताए ।  मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले रेल विभागले व्यवसायीलाई आईसीपीमा सम्पूर्ण साधनस्रोतसहितको रेलवे यार्ड तयार भएको जानकारी नदिएसम्म आईसीपीसम्म कार्गो रेल ल्याउन नसकिने बताए । उद्योगपति राठीले आईसीपीसम्म कार्गो रेल ल्याएपछि कार्गो ह्यान्डलिङ र भन्सार जाँचपासमा कुनै असुविधा नहुने प्रत्याभूति सरकारी पक्षले नगरेसम्म आईसीपीको रेलवे यार्डमा कार्गो रेल आउन ल्याउन नसकिने बताए । उनले जोगवनी यार्डमा आफ्नो उद्योगको १५ सय बोरा स्पन्ज आइरन नष्ट हुँदा ४५ लाखको क्षति भएको दाबी गरे । उद्योगी रमेश राठीले आईसीपीको रेलवे यार्डमा मालवस्तु ल्याएपछि ती सामान ओसार्न नेपाली नम्बर प्लेटका पर्याप्त ढुवानी साधन नभएको बताए । भारतीय नम्बर प्लेटका साधनलाई नेपाली ढुवानी व्यवसायीले आईसीपीमा छिर्न दिँदैनन् । त्यसैले आईसीपीसम्म कार्गो रेल सञ्चालनका लागि पर्याप्त ढुवानीका साधनको व्यवस्था पहिलो शर्त भएको उनले बताए ।  उनले भने, ‘हामी उद्योगका लागि एकपटकमा २४ सय टन स्पन्ज आइरन मगाउँछौं । यसको ढुवानीका लागि ८० ओटा ट्रक चाहिन्छ,’ उनले भने, ‘नेपाली नम्बर प्लेटका ८० ओटा ट्रक जुटाउनै गाह्रो छ । अर्कातिर रेलवे यार्डबाट निर्धारित समयमा मालवस्तु नउठाए त्यसको डिटेन्सन शुल्क अत्यन्त महँगो छ ।’  उद्घाटन गरेपछि त्यहाँका सुविधाबारे रेलवेले उद्योगी व्यवसायी कसैलाई पनि औपचारिक जानकारी गराएको छैन । सबै कुरा ठीक छ, झन्झट बेहोर्नु पर्दैन भन्ने सरकारी पक्षबाट प्रतिबद्धता आएपछि मात्र आफूहरूले आईसीपीमा कार्गाे ल्याउन सकिने उद्योगी रमेशले बताए ।

महानगरबाट ६ महिनामा ५८१ फुटपाथ व्यवसायीलाई कारबाही

२० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी मार्फत फुटपाथ व्यवसाय हटाउने, ‘नो पार्किङ’ कारबाही, परिचय पाटी हटाउनेलगायतका काम गररिहेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)को चर्को आलोचनाको बाबजुद पनि ठुलो संख्यामा नगर प्रहरीले कारबाहीलाई …

नयाँ बानेश्वरका व्यवसायीले मागे फुटपाथमा एक लाइन पार्किङ

३० असोज, काठमाडौं । नयाँबानेश्वरका व्यवसायीहरुले फुटपाथमा एक लाइनमा पार्किङ गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाको योजनामा फुटपाथ व्यवसायीलाई हटाउन मुख्य भूमिका खेलेका सटरमा व्यवसाय गरिरहेका व्यवसायीले फुटपाथमा एक लाइन पार्किङ गर्न दिइनुपर्ने माग गरेका हुन् । बानेश्वरमा व्यवसायीहरुले नै अभियान चलाएर फुटपाथ खाली गराएका थिए । तर, पार्किङको पर्याप्त स्पेस नभएका कारण […]

अन्डरग्राउन्ड पार्किङको अनुमगन गर्दै पोखरा महानगर, अटेर गर्नेलाई अल्टिमेटम

पोखरा महानगरले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न सूचना जारी गरेको शुक्रबार ४५ औँ दिन पुगेको छ । महानगरले जारी गरको अल्टिमेटम १० दिन बढी हुँदा पनि पालना नभएपछि शुक्रबार नगरप्रहरी, कर्मचारी र इन्जिनियरसहितको टोलीले मुख्य चोकमा अनुगमन थालिएको हो । टोलीले पार्किङ अनुमति लिएर नियमविपरीत व्यवसाय गर्नेहरुलाई अल्टिमेटमसहित कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका नगरप्रहरी प्रमुख तथा प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले यसबीचमा दसैँ भएकाले व्यवसायीलाई दुःख नदिएको तर, अब पनि अटेर गर्नेलाई कानुनी द

बानेश्वरमा बालेनको ‘एक्सन’

काठमाडौंको बानेश्वर आसपासका व्यापारिक कम्प्लेक्सका अण्डरग्राउण्डमा पार्किङको सट्टा पसल सञ्चालन गर्ने व्यवसायीलाई महानगरपालिकाले हटाउन थालेको छ । नक्सा पास अनुसार अण्डरग्राउण्डमा पार्किङ नै हुनु पर्ने महानगरले बताएको छ ।

बाटोमा खुला पार्किङ

फुटपाथमा सानो व्यवसाय राखेर जीवन गुजारा चलाइरहेका साना व्यवसायीलाई फुटपाथबाट लखेटेको काठमाडौं महानगरले त्यही बाटोमा खुलेआम पार्किङ गर्न दिएर कमाउन दिइरहेको छ ।

बाटोमा खुला पार्किङ

काठमाडौं । फुटपाथमा सानो व्यवसाय राखेर जीवन गुजारा चलाइरहेका साना व्यवसायीलाई फुटपाथबाट लखेटेको काठमाडौं महानगरले त्यही बाटोमा खुलेआम पार्किङ गर्न दिएर कमाउन दिइरहेको छ । राजधानीका सडक साँघुरो भएपछि बढाइएको महानगर क्षेत्रका अधिकांश ठूला सडक पार्किङ स्थलमा परिणत भएका छन् । मेयर बालेन्द्र साहले नयाँ बानेश्वर क्षेत्रमा पुगेर फुटपाथमा पसल राख्न प्रतिबन्ध लगाए पनि सँगै […]

निर्माण उपकरणमा आगजनीको निन्दा

निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने, उपकरणमा आगजनी गर्नेजस्ता हिंसात्मक घटना नरोकिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । लमजुङमा नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडकखण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रालिको हेभी उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ । राइनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा २ क ७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्ले...

निर्माण उपकरणमा आगजनी गरिएकामा महासङ्घको आपत्ति

कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणमा सक्रिय निर्माण व्यवसायीलाई हत्तोत्साहित गर्ने गरी अज्ञात समूहबाट भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।           रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्गअन्तर्गतको सडकखण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र यन्त्र (डिष्ट्रिव्युटर) मा अज्ञात समूहबाट आज बिहान आगजनी गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि रु ५० लाखभन्दा बढीको क्षति भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।          निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्षसमेत रहनुभएका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष नवीन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु१क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आगजनी गरिएको हो । ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए । आगजनीका कारण दुवै उपकरण पूर्णरुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन् ।          निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटकपटक प्रधानमन्त्रीसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको महासचिव दाहालले बताउनुभयो । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासङ्घले दिएको छ ।