‘सक्छौ व्यवस्था गर, सक्दैनौ बेवास्ता गर,’ यो वाक्यांश अहिले काठमाडौं महानगरपालिकाका फुटपाथ व्यापारीहरुको साझा अभिव्यक्ति हो । कतिपयले फुटपाथमा साँझ विहान गाडा, नाङ्ग्लो पसल गरेर आफ्नो जीवन गुजारा गर्नेहरुलाई व्यापारीको नजरले नभएर निम्न आर्थिक अवस्था भएका नागरिकहरुको प्रतिनिधि पात्रको रुपमा हेर्नुपर्छ भन्दै आएका छन् । उता कतिपयले रैथानेहरुको घर नै भत्काएर तयार पारिएको सडक र फुटपाथ नितान्त सवारी साधन र पैदल यात्रुको मात्र हुनुपर्ने कुरा उठाउँदै आएका छन् । दुबै पक्षको कुरा आफ