नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । उनीहरु विरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी सुभास खड्काले बताउनुभयो । उनीहरुलाई शुक्रवारनैै प्रहरीले अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।