ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका मगरलाई काठमाडौं …

सम्बन्धित सामग्री

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भई फरार रहेका …

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ- दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साविक जिल्ला दाङ गंगा परस्पुर- २ हाल गढवा गाउँपालिका-४ बस्ने ३९ वर्षीय वीरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए । सर्वोच्च अदालत काठमाडौबाट २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ […]

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौँ- काठमाडौँबाट ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका ११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने […]

बाँकेमा एक वर्षमा २८१ फरार प्रतिवादी पक्राउ

बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९÷८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जर्बजस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन् । उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र रु ५६ ल

ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिबादी एकजनालाई पक्राउ गरेको छ।...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी । सुनसरी, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका– १६ गैरीटोल बस्ने ५५ बर्षीय नविन गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

तनहुँबाट पाँच जना फरार प्रतिवादी पक्राउ

२८ असार, काठमाडौं । विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगमा तनहुँ जिल्ला अदालतबाट ८ वर्ष कैद र ५२ हजार जरिवाना तोकिई १८ […]

मकवानपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ

२१ असार, मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्‍ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका 9 बस्‍ने ४७ वर्षीय कमल पराजुली रहेका छन् । मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष […]

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। ज्यान मार्ने उद्योगका एक फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार पक्राउ गरेको छ। गत वर्ष पुस १६ गते चितवन भरतपुर–१६ का ३९ को दुर्गा कुमाललाई चक्कु प्रहार गरी फरार भएका भरतपुर–१६ का ३५ सन्तोष भन्ने सन्तलाल तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापाको दमक नगरपालिका-४ घर भएका ३७ वर्षीय प्रेम वाग्लेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापा भद्रपुरको २०७१ बैशाख ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...