ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापाको दमक नगरपालिका-४ घर भएका ३७ वर्षीय प्रेम वाग्लेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापा भद्रपुरको २०७१ बैशाख ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...