नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल–चीन लगानी सम्मेलनका लागि वेइजिङस्थित नेपाली दूतावाससँग सहयोग माग गरेका छन् । बिहीबार राजधानीमा जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेट गर्दै ढकालले यस्तो आग्रह गरेका हुन् । महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् । नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै कार्यवाहक अध्यक्ष ढकालले सोक