काठमाडौं : नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्यो। २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको थियो। १० वर्षे जनयुद्ध र २०६२।०६३ सालको जनआन्दोलनले २४० वर्षे शाहवंशीय राजतन्त्र फाल्दै मुलुक गणतन्त्रमा प्रवेश गर्यो। त्योसँगै मुलुकले संविधानसभाबाट नयाँ संविधान पाएर तीन तहको सरकार समेत बनेको अवस्था छ। राजनीतिक दलहरूले १५ वर्षअघि मृत घोषणा गरेको राजतन्त्र सल्बलाउन थालेको टिप्प्णी गर्ने गरेका छन्। उनीहरू पूर्वराजा ज