द्वन्द्वको अवशेषः धङधङी बोकेर हिँड्ने कि विस्फोटक पदार्थबाट बालबालिका जोगाउने ?

दीर्घकालीनरूपमा यस्ता बम बारुदका अवशेष हटाउने भन्दा पनि अझै उहाँहरूले मानसिकतामा युद्धको धङधङी देखाइरहनुभएको हामी पाउँछौँ । हामीले पूर्वलडाकु, माओवादी नेताहरूसँग कुरा गर्दा जहिलेसम्म सामन्तवादी र साम्राज्यवादी शक्तिहरू हुन्छ, जहाँ शोषण दमन र अत्याचार गरिन्छ त्यहाँ विस्फोटक पदार्थ प्रयोग भइहाल्छ भन्ने खालको अहिलेपनि अभिव्यक्ति उहाँहरूबाट आउँछ ।