रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी काम गर्न रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।सम्झौता अनुसार शेयर राजिष्ट्रारको रुपमा प्रभु

सम्बन्धित सामग्री

रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

जेठ १५, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।  शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कम्पनी र क्यापिटलबिच सम्झौता भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।  जेठ ९ गतेदेखि लागू हुने गरी कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटलबाट हुनेछ । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गते सम्म २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो भने जेठ ९ गते बाँडफाँट सम्पन्न गरेको हो ।

रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेठ ९ […]

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता […]

वैशाख २८ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्दै रिभर फल्स पावर

वैशाख २०, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो ।  अब कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो ।  कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको कम्पनीको भनाइ छ । यी बाहेक बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । सर्वसाधारणले यो आईपीओ खरीदका लागि छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ११ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ ।  तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । खरीद कर्ताहरुले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ ।  यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर विक्री गरेको हो भने कर्मचारी सहित सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न लागेको हो । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।  कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

स्थानीयमा जारी गरिएको रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वैशाख ११, काठमाडौं । चैत २७ गतेदेखि विक्रीमा आएको रिभर फल्स पावर लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।  यो आईपीओमा माग बमोजिम आवेदन परिसकेकाले छिटो अवधि वैशाख ११ गतेसम्म मात्र विक्री गर्न लागिएको जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको छ । यो अवधिसम्म माग बमोजिम आवेदन नपरेको अवस्थामा भने वैशाख २६ गतेसम्म विक्री खुला गर्ने मिति तय भएको थियो ।  आईपीओ खरीदका लागि रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

रिभर फल्स पावरको आईपीओ आजदेखि विक्रीमा

चैत २७, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ विक्री आज (आइतवार) देखि विक्री खुला भएको छ ।   कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण ९सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत० निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ । स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।  आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।  यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ ।  यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।

रिभर फल्स पावरले आइतवारदेखि स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्ने

चैत १८, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ ।   कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ । स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।  आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।  यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ ।  यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।

चैत २७ गतेदेखि रिभर फल्स पावरले स्थानीयको लागि आईपीओ विक्री गर्ने

चैत १८, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो ।  स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ । स्थानीयले छिटोमा वैशाख ११ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख २६ गतेसम्म यो आईपीओ विक्रीमा रहनेछ ।  आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।  यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरले पाए आईपीओ विक्री गर्न  अनुमति

चैत १०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।  नेपाल धितोपत्र बोर्डले सिवाईसी नेपाल लघुवित्तलाई चैत ९ गते र रिभर फल्स पावरलाई चैत १० गते आईपीओ विक्री गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै सिवाईसी नेपाल लघुवित्तले अव रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र रिभर फल्स पावरले रू. ३४ करोड ३० हजार बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्नेछ ।  रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा ४९ प्रतिशत शेयर विक्री गर्नेछ भने सिवाईसी नेपाल लघुवित्तले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर विक्री गर्नेछ ।  सिवाईसी नेपाल लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र रिभर फल्स पावर लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   सिवाईसी नेपाल लघुवित्तको हाल चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने रिभर फल्स पावरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी रहेको छ । सीवाईसी नेपालको केन्द्रीय कार्यालय बाग्लुंग - ३ बाग्लुंग बजार रहेको छ भने रिभर फल्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं रहेको छ ।