रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता […]

सम्बन्धित सामग्री

रिभर फल्स पावरको आईपीओ बाँडफाँट, २ लाख ५३ हजार जनाले पाए १० कित्ताका दरले शेयर

जेठ ९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।  यस आईपीओमा २ लाख ५३ हजार ८९० जना आवेदकले गोलाप्रथाद्वारा १० कित्ताका दरले शेयर पाएका छन् । आईपीओमा कुल १८ लाख ५ हजार ४४० जना योग्य आवेदक थिए भने ३ हजार ८१९ जना आवेदकले आवेदन रद्द भएको क्यापिटले जानकारी दिएको छ । आवेदकले विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मरो शेयरबाट आईपीओ नतिजा हेर्न सक्नेछन् ।  कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरी सकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।  हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुगेको छ ।

रिभर फल्स पावरको आईपीओ आज ४ बजे बाँडफाँट हुँदै

जेठ ९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमवार चार बजे बाँडफाँट हुने भएको छ । कम्पनीको विक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटलमा सोमवार साँझ ४ बजे आईपीओ बाँडफाँट हुन लागेको हो । कम्पनीको आईपीओ गत शुक्रवार प्रि-  अलटमेण्ट गरिएको थियो । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा  १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट रू. २ अर्ब ११ करोड ३२ लाख ९२ हजार बराबरको आवेदन परेको छ ।   कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । यस अनुसार २ लाख ५३ हजार ८९० जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् ।  हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात् यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

रिभर फल्सद्वारा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट

वैशाख १९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा जारी गरेको प्राथमिक शेयर (आईपीओ) बाँडाफाँट गरेको छ । आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानीयलाई सोमवार विक्री प्रवन्धक प्रभु क्यापिटलमा आईपीओ बाँडफाँँट गरिएको हो । आवेदन दिनेमध्ये ७ हजार ५८५ जनामा १३ लाख ८१ हजार ४ सय ६० कित्ता आईपीओ बाँडफाँट गरिएको विक्री प्रवन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।   १८ जना आवेदकले ४४० कित्ता शेयर माग गरेकामा विभिन्न कारणले गर्दा आवेदन रद्ध गरिएको पनि क्यापिटलले जानकारी दिएको छ । बाँडफाँट भएको शेयरमध्ये १० कित्ता माग गर्ने २२७ जना आवेदक थिए भने २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जना र १०० कित्ता माग गर्ने २ हजार ४९२ जना आवेदक थिए ।  त्यसैगरी ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना र १३० कित्ता माग गर्ने १२ जना आवेदक थिए । माग बमोजिम १३० कित्ता तथा १३० कित्ताभन्दा बढी माग गर्ने २ हजार ३३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।  यसैगरी १३० कित्ताभन्दा बढि आवेदन दिने २ हजार ३३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँट गरिएको छ ।   २०७८ चैत्र २७ गतेदेखि २०७९ वैशाख ११  गतेसम्म संखुवासभा जिल्लाका स्थानीयलाई कम्पनीले ७ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।