वैशाख २८ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्दै रिभर फल्स पावर

वैशाख २०, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो ।  अब कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो ।  कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको कम्पनीको भनाइ छ । यी बाहेक बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । सर्वसाधारणले यो आईपीओ खरीदका लागि छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ११ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ ।  तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । खरीद कर्ताहरुले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ ।  यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर विक्री गरेको हो भने कर्मचारी सहित सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न लागेको हो । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ ।  कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

सम्बन्धित सामग्री

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता […]

रिभरफल्स पावरको आईपीओ आज हुँदैछ बाँडफाँट, पर्ने सम्भावना कति ?

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको २७ लाख कित्ता आईपीओको बाँडफाँट आज हुँदैछ ।

आजदेखि आईपीओ खुलेको रिभर फल्सको कस्तो छ वित्तीय अवस्था ?

आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको रिभर फल्स पावर कम्पनीको  प्रतिसेयर नेथवर्क आर्थिक वर्ष २०७५/७६ मा ८८.६६ थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.६३ रुपैयाँ थियो । यसैगरी, २०७८ पुस मसान्तमा ८६.६१ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ चालू आर्थिक वर्ष २०७८/७९ मा ९२.५६ रुपैयाँ र आगामी आर्थिक वर्षमा १०२.७१ रुपैयाँ पुग्नेछ ।यसैगरी, २०७५ सालमा प्रतिकित्ता १.०६ रुपैयाँ रहेको आम्दानी चालू आर्थिक वर्षमा बढेर १०.०५ रुपैयाँ पुगेको छ । यसै

रिभर फल्स पावरको आईपीओ खुल्याे

काठमाण्डाै – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।  सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छ...

रिभर फल्स पावरको आईपीओ खुल्यो

२८ वैशाख, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयरका लागि बुधबारदेखि आवेदन खुला भएको हो । जारी हुने सेयर मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत […]

रिभर फल्सको आईपीओ वैशाख २८ बाट

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् । कूल निष्कासनमध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ […] The post रिभर फल्सको आईपीओ वैशाख २८ बाट appeared first on राजधानी राष्ट्रिय दैनिक.

आयोजना प्रभावितका लागि रिभर फल्सको आईपीओ खुला

२७ चैत, काठमाडौं । आयोजना प्रभावितका लागि रिभर फल्स पावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सात करोड बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरेको […]

आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगे दुई कम्पनी

काठमाडौं।साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन्।उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनी बोर्ड पुगेका हुन्।जसमध्ये उपकार लघुवित्तले सर्वसाधारणका लागि र रिभर फल्सले स्थानीय र सर्वसाधारणलाई नै आईपीओ जारी गर्ने अनुमति मागेको छ।उपकारले जम्मा दुई लाख ६६ हजार र रिभर फल्सले ३४ लाख ३० हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका हुन्।

रिभर फल्स पावरले आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं, २० साउन । रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु […]