जेठ १५, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कम्पनी र क्यापिटलबिच सम्झौता भएको हो । सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।
जेठ ९ गतेदेखि लागू हुने गरी कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटलबाट हुनेछ । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गते सम्म २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो भने जेठ ९ गते बाँडफाँट सम्पन्न गरेको हो ।