दाङ – पहिरो खसेर दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रवार पहिरो खस्दा बन्द भएकाे सडक नखुल्दा यात्रु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।
भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस सडक खण्डकाे ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ...