खुलालु पुल सञ्चालन

कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा आएको छ । कर्णाली करिडोर सुरु हुने कालीकोटको खुलालुमा कर्णाली नदीमाथि पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडकखण्डमा थप तीन पुल

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन्। जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ। उनले भने,’आज र भोलि कालोपत्र सकिन्छ। पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ।’ […]

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच...

पुल निर्माण सम्पन्न नहुँदै यातायात सञ्चालन

काठमाडौं, पुस १० । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ । उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, […]

मीरगञ्ज पुल यथाशक्य सञ्चालन हुनुपर्ने

काठमाडौँ,२ मँसिर । विराटनगर एकीकृत भन्सार जाँच चौकी (आइसिपी) जोड्ने भारतको बथनाहा(जोगबनी सडकखण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी व्यवसायीलाई सास्ती भइरहेको छ । नाकामा पर्ने मीरगञ्ज पुल समयमै निर्माण हुन नसक्दा उद्योगी व्यवसायीहरुले विगत ११ महिनादेखि सामान ओसारपसार गर्नकालागि सुनसरीको भन्टबारी नाका प्रयोग गर्नुपरेको छ । जोगबनी नाकाबाट आउने सामान सुनसरीको भन्टाबारी नाका प्रयोग […]

सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बनाइँदै ।

सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बनाइँदै । मंगलबारदेखि परेको अविरल वर्षाका कारण त्यहाँको पुल बन्द भएको थियो । दसैं मानेर फर्किनेहरूको सहजताका लागि अस्थायी पुल सञ्चालन गर्न लागिएको मेलम्ची नगरपालिकाले जनाएको छ । तस्बिर: रासस

विस्फाेटपछि बन्द रहेको रुस र क्राइमिया जोड्ने केर्च पुल आंशिक रुपमा सञ्चालन

ठूलो विस्फाेटपछि बन्द रहेको रुस र क्राइमिया जोड्ने युरोपकै सबैभन्दा लामो केर्च पुल आंशिक रुपमा सञ्चालनमा आएको छ । हिजो दिउँसो भएको कार बम विस्फाेटपछि सडक तथा रेलमार्गसमेत रहेको केर्च पुलमा क्षति पुगेको थियो भने केही रेलमा आगलागी भएको थियो। क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुल भत्किएपछि रुसले कब्जा गरेका युक्रेनका खेअर्सन लगायतका क्षेत्रमा आपूर्ति नै ठप्प हुने पश्चिमा देशले अनुमान गरेका थिए । तर गएरातिदेखि नै पुलमा साना गाडी सञ्चालन भएको र ट्राफिक लाइट बलेको भिडिओ रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । पुल ...

पुल सञ्चालन गर्न आग्रह

सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्।...

बर्दिया र कैलाली जोड्ने पुल सञ्चालन

बर्दियाको बर्दिया–कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायीरूपमा सञ्चालनमा आएको छ । पहिलो र दोस्रो पिलरको एक्सपान्सन ज्वाइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायीरूपमा सञ्चालनमा आएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख गागलबहादुर भण्डारीले बताए । पुल सञ्चालनमा आएपछि दौलतपुर घाटमा रहेको स्टिमर प्रयोग गरी जोखिमपूर्ण लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

सानीभेरी नदीको पुल सञ्चालन

रुकुम पूर्व : सिस्ने गाउँपालिकाको सानीभेरी नदीमा मोटरेबल पुल निर्माण भएको छ। ८० मिटर लामो पुल तीनपटक म्याद थपेर निर्माण सम्पन्न भएको छ।सिस्ने गाउँपालिका वडा नम्बर ३, ४ र ६ लाई जोड्ने गरी सानीभेरी नदीमा निर्माण गरिएको छ। पुलको उदघाटन बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले गरे। लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण सकिएपछि स्थानीय खुसी भएका छन्। २०७३ असार ३१ मा सम्झौता भएको पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न गरिसक्नुपर्ने थियो। तर, सम्झौता अवधिमा काम सम्पन्न

कोसी ब्यारेजको विकल्पमा पुल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपाल भारत सीमानामा नै निर्माण गरिएको कोसी ब्यारेजको सञ्चालन अवधि समाप्त भई जीर्ण भइसकेकाले जुनसुकै बेला ब्यारेजमा क्षति भई ठूलो दुर्घटना हुनसक्ने भएकाले त्यसको व