पुल निर्माण सम्पन्न नहुँदै यातायात सञ्चालन

काठमाडौं, पुस १० । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ । उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, […]

सम्बन्धित सामग्री

तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ । तमोर नदीमा पानीको सतह घट्न थालेपछि यातायात सञ्चालन गर्न गाउँपालिकाले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेको हो ।

बाढीले बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल निर्माण

अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि पूूर्ण रुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सञ्चालन गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

६ वर्षअघि नै बन्नुपर्ने पुल नबनेपछि काठको लाप्कोमा यातायात सञ्चालन (भिडियोसहित)

जाजरकोटमा निर्माण हुने नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा पुल निर्माण नहुँदा काठको लाप्कोमा यातायातका साधनहरु सञ्चालनमा ल्याइएको छ । नलगाड नदीमा ६ वर्षअघि निर्माण गर्नुपर्ने पुल अहिलेसम्म निर्माण नगर्दा काठको लाप्को हालेर जोखिमपूर्ण रुपमा यातायात सेवा संचालन गर्नुपरेको छ काठको लाप्को हालेर सवारी साधन सञ्चालन गर्नु परेको हो । जाजरकोट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काको …

लेतेखोलामा मोटर चल्ने पुल निर्माण

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ । उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणका लागि २०७५ भदौमा ६ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।      आयोजनाका व्यवस्थापक नरेन्द्र न्यौपानेले निर्माण गरिएको पुल यातायात सञ्चालनका लागि योग्य भएको जानकारी दिए । ‘छेउमा रेलिङ राख्ने र रङरोगन गर्ने काम हिमपातले रोकिए पनि गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘पहुँचमार्ग र पुलको संरचनाको निर्माण सकिएको छ । बाँकी काम सकेर हस्तान्तरणको तयारीमा छौं ।’ लेतेखोलामा हाल अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुँदै आएको छ । पक्की पुल निर्माण भएसँगै लेतेखोलाको बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले बताएको छ ।       एक सय छयासी किलोमिटर दूरीको बेनी –जोमसोम–कोरला सडकमा लेतेखोलासहित नौओटा मोटरेबल पुल निर्माण गरिएको र बाह्रओटा पुल निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख जगत प्रजापतिले बताए । रासस

११ वर्षसम्म पनि बनेन वाग्मती पुल

निर्माण सुरु भएको ११ वर्ष बित्न लाग्दा समेत मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली र मकवानपुरको सीमा क्षेत्रमा पर्ने वाग्मती नदीमा पुल निर्माण सम्पन्न भएको छैन । पुल नबन्दा निर्माणाधीन मदन भण्डारी राजमार्गमा हिउँदको समयमा समेत यातायात सञ्चालन हुन सकेको छैन ।

कर्णाली कोरिडोरमा पाँच पुल बन्ने

काठमाडौं । उत्तर–दक्षिण कोरिडोर अन्तर्गतको कर्णाली कोरिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली कोरिडोर हिल्सा–सिमकोट सडक योजनाले बताएको छ । हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङ्गार पुल निर्माण गर्न लागिएको हो । ‘यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ,’ उनले भने । यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्न ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए । नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थलमा पु¥याउने लक्ष्य लिइएको छ । कोरिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट मङ्सिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ । सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरी (गाडी वारपार गर्ने डुंगा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए । राष्ट्रिय गौरवको कर्णाली कोरिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो । कुल १४५ किमी लम्बाइको कोरिडोर हाल १० किमी मात्रै ट्र्याक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले बताएको छ । रासस

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै

सलीसल्लाको कर्णाली नदीमा तत्काल फेरी वा बेलिब्रीज निर्माण गरिने

सिमकोट – असार ३१ गते नेपाली सेनाले हस्तान्तरण गरेको कर्णाली करिडोरको हुम्ला खण्डको सलीसल्ला क्षेत्रको कर्णाली नदीमा फेरी सञ्चालन वा बेलिब्रीज निर्माण गरेर यातायात सञ्चालनमा ल्याइने भएको छ। सलीसल्लाको कर्णाली नदी वारी र पारीसम्म सडक निर्माण भए पनि नदीमा पुल नभएको कारण यातायात सञ्चालन हुन नसकेको बेला पुल निर्माण गर्न लागिएको हो। हिल्सा-सिमकोट सडक आयोजनाका […]

सलीसल्लामा कर्णाली नदीमाथि यातायात सञ्चालन गर्न पुल बन्ने

भरखरै नेपाली सेनाले हस्तान्तरण गरेको कर्णाली करिडोरको हुम्ला खण्डको सलीसल्ला क्षेत्रको कर्णाली नदीमा विकल्पसहितको पुल बन्ने भएको छ । सलीसल्लाको कर्णाली नदी पारी र पारीसम्म हाल गाडी गुडे पनि पुल नभएको कारण यातायात सञ्चालन हुन नसकेको बेला पुल निर्माण गर्न लागिएको हो ।

तस्वीर : नलगाड नदीमा बन्दै गरेको वेलिब्रिज

जाजरकोट–डोल्पा सडक खण्डको नलगाड नगरपालिका–७ स्थित नलगाड नदीमा बन्दै गरेको वेलिब्रिज । आगामी असारसम्म निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्यका साथ पुल निर्माण कार्य भइरहेको छ । तस्वीर : रासस