ठूलो विस्फाेटपछि बन्द रहेको रुस र क्राइमिया जोड्ने युरोपकै सबैभन्दा लामो केर्च पुल आंशिक रुपमा सञ्चालनमा आएको छ । हिजो दिउँसो भएको कार बम विस्फाेटपछि सडक तथा रेलमार्गसमेत रहेको केर्च पुलमा क्षति पुगेको थियो भने केही रेलमा आगलागी भएको थियो।
क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुल भत्किएपछि रुसले कब्जा गरेका युक्रेनका खेअर्सन लगायतका क्षेत्रमा आपूर्ति नै ठप्प हुने पश्चिमा देशले अनुमान गरेका थिए । तर गएरातिदेखि नै पुलमा साना गाडी सञ्चालन भएको र ट्राफिक लाइट बलेको भिडिओ रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । पुल ...