सुर्खेत : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा झण्डै ३८ प्रतिशत बजेट खर्च गर्न नसकेर फ्रिज भएको छ।प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२.३७ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ। चालु आवमा ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ बजेट खर्च भएको छ।प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ नौ अर्ब १२ करोड ८१ लख २४ हजार ३४८ तथा पूँजीगततर्फ रु