पाँच दलीय सत्ता गठबन्धन काठमाडौं उपत्यकाका १५ सिटमा सहमति नजिक पुगेको छ । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका दुई सिटमा गठबन्धनभित्र सिट बाँडफाँटमा खासै समस्या नरहेको बुझिएको छ ।काठमाडौंका १, ३, ४, ५, ६, र १० नम्बर क्षेत्रमा कांग्रेसको एकल दाबी छ । काठमाडौं १ बाट ०७४ मा कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । त्यहाँ यस पटक पनि गठबन्धनबाट सिंह उम्मेदवार हुने निश्चित छ । यस्तै काठमाडौं ३ मा कांग्रेस नेतृ अम्बिका बस्नेत उम्मेदवार हुने पक्का जस्तै छ । ०७४ मा बाम गठबन्धनबाट एमालेका उ