सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ।लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।केन्द्रको परिपत्रअनुसार मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। उनका अनुसार आज साँझ वा सम्भव नभए भोलि बिहानसम्म नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी छ। &nb