रानीमहल जाने सडकमा पुन: पहिरो

पर्यटकीयस्थल रानीमहल जाने सडकमा शुक्रबार पुन: पहिरो खसेको छ । पहिरो खसेपछि रानीमहल क्षेत्रमा पुगेका सय बढी पर्यटक अलपत्र परेका छन् । तानसेन–रानीमहल सडक खण्डको बैुकण्ठे भीरमा खसेको पहिरो ठूलो भएकाले पन्छाउन कठिनाई भएको छ ।

सम्बन्धित सामग्री

१० महिनाअघि खसेको पहिरो नपन्छाउँदा कालीगण्डकी करिडोर अझै अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रानीमहल–राम्दी १७ किलोमिटर सडकखण्डको ठाउँठाउँमा खसेको पहिरो नपन्छाउँदा अवरुद्ध रहेको छ । कालीगण्डकी करिडोर आयोजना कार्यालयले यस खण्डलाई चासो नदिएकाले सडकमा सवारी साधन सञ्चालन हुन नसकेको हो ।

गाईघाट खोलामा पक्की पुल नहुँदा सास्ती

पाल्पा– पाल्पामा कालिगण्डकी करिडोरअन्तर्गतको सडकखण्डमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको तानसेन नगरपालिका–१४ अन्तर्गत गाईघाट खोलामा पक्की पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो । कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको अर्गली–रानीमहल सडकखण्ड पक्की भए पनि बीचको एक खोलामा भने पक्की पुल बनेको छैन । बिहीबार पाल्पाको तानसेन–जोर्ते–अर्गली सडकखण्ड जोर्तेमा पहिरो खसेका कारण दिनभर बन्द थियो […]

पर्यटकीयस्थल रानीमहल जाने सडक दुई दिनदेखि अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहल जाने सडक दुई दिनदेखि अवरुद्ध भएको छ । तानसेन–रानीमहल सडक खण्डको गाईघाट, हात्तीढंगा  बैुकण्ठे भीरलगायत स्थानमा पहिरो खसेको छ ।

पाँच महिनाअघि खसेको पहिरो नपन्छाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

ठाउँठाउँमा खसेको पहिरो नपन्छाउँदा कालीगण्डकी करिडोरअन्तर्गत पाल्पाको रानीमहल–राम्दी सडकखण्ड पाँच महिनादेखि अवरुद्ध रहेको छ । कालीगण्डकी करिडोर आयोजना र निर्माण व्यवसायीको लापर्वाहीले करिडोरको पहिरो लामो समयदेखि त्यसै रहेको छ ।

रानीमहल घुम्न गएका पर्यटक दुई दिनदेखि अलपत्र

२ कात्तिक, बुटवल । पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल घुम्न गएका पर्यटकहरु पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । अविरल वर्षासँगै गएको पहिरोले तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ । रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायत चार–पाँच ठाउँमा पहिरो गएको छ । पहिरो हटाउन सम्बन्धित निकायले ढिला गर्दा विभिन्न जिल्लाबाट घुम्न आएका दुई सय […]

ठाउँठाउँमा खसेको पहिरोले रानीमहल घुम्न गएका यात्रु अलपत्र

अविरल वर्षासँगै खसेको पहिरोले पर्यटकीयस्थल रानीमहल पुगेका २ सय बढी आन्तरिक पर्यटक अलपत्र  परेका छन् । तानसेनदेखि रानीमहल पुग्ने सडकको ठाउँठाउँमा पहिरो खसेको स्थानीय रिसोर्ट सञ्चालक सुशील कुँवरले जानकारी दिए । उनीहरु दुवैतर्फ पहिरो गएपछि सडकमै फसेका छन् ।

बराङ्दी र कालीगण्डकी उर्लिंदा रानीमहल जोखिममा

वर्षा सँगै कालीगण्डकी नदीमा आएको बाढीले पाल्पाको रानीमहल जोखिममा परेको छ । रानीमहल कालीगण्डकीको तटमा रहेको छ । कालीगण्डकी र बराङ्दी खोला उर्लिंदा पर्यटकीय स्थल रानीमहल त्यस आसपासमा आधार दर्जन होटल र रिर्सोट डुबेका छन् ।  जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता रामेश्वर त्वापीले रानी महललाई तीनतिरबाट पानीले घेरेको बताए । ‘रानीमहल जाने बाटो पनि ठाउँठाउँमा पहिरो झर्दा सम्पर्क विच्छेद भएको छ’ त्वापीले लोकान्तरसँग भने, ‘पानीको सतह बढ्दो छ । रानीमहल आसपासका साना साना होटल र टहराहरू पनि ड...