वर्षा सँगै कालीगण्डकी नदीमा आएको बाढीले पाल्पाको रानीमहल जोखिममा परेको छ ।
रानीमहल कालीगण्डकीको तटमा रहेको छ । कालीगण्डकी र बराङ्दी खोला उर्लिंदा पर्यटकीय स्थल रानीमहल त्यस आसपासमा आधार दर्जन होटल र रिर्सोट डुबेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता रामेश्वर त्वापीले रानी महललाई तीनतिरबाट पानीले घेरेको बताए ।
‘रानीमहल जाने बाटो पनि ठाउँठाउँमा पहिरो झर्दा सम्पर्क विच्छेद भएको छ’ त्वापीले लोकान्तरसँग भने, ‘पानीको सतह बढ्दो छ । रानीमहल आसपासका साना साना होटल र टहराहरू पनि ड...